क्रस होल्डिङ रहेका लघुवित्तलाई मर्जरको कार्ययोजना पेश गर्न राष्ट्र बैंकले दियो निर्देशन |
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ रहेका लघुवित्त कम्पनीहरुलाई मर्जरको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ।
केन्द्रीय बैंकले सोमाबार एक निर्देशन जारी गर्दै क ख र ग वर्गका एउटै बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरु बीच एक आपसमा मर्ज हुन कार्ययोजना पेश गर्न निर्देशन दिएको हो।
त्यस्तै इजाजतप्राप्त एकभन्दा बढी क ख र ग वर्गाका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेको लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न गाभिन तथा प्राप्तिमा जान २०७९ असार मशान्तभित्र राष्ट्र बैंकलाई कार्ययोजना पेश गर्न निर्देशन दिएको हो।


