नर्भिकको हेल्थ प्याकेजमा १० प्रतिशत छुट |
काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना हेल्थ प्याकेजहरुको शुल्कमा १० प्रतिशत छुट दिने भएको छ । छुट पाउनका लागि नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा लिएर आउनुपर्ने सर्त राखिएको छ ।
अस्पतालका सूचनामूलक सामाग्री विज्ञापनको रुपमा विभिन्न अनलाइन न्यूज पोर्टल तथा मिडियाहरुमा प्रकाशित हुने गरेका छन् । यो अफर जनवरी १ देखि १० तारिखसम्म उपलब्ध हुनेछ । नर्भिकले विशेष अवसरहरुमा विगतदेखि नै यस्ता छुटको प्याकेजहरु ल्याउने गरेको छ । अस्पतालले प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपिडी सेवा समेत संचालन गर्दै आएको छ ।
अस्पतालले पुस महिनाभरि मूत्रथैलीको पत्थरीको शल्यक्रिया गर्दा साबिकको शुल्कमा २० प्रतिशत छुट दिने स्किम यसअघि नै सार्वजनिक गरिसकेको छ ।


