काठमाडौं । एनसीसी बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउने भएका छन् ।
काठमाडौं । बुध्द एयरले बुधबार साँझ थप एटीआर–७२ जहाज भित्र्याएको छ । कलसाईन नाइन एन एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई २ साताभित्र उडान भर्ने जानकारी गराइएको छ ।
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ । शुक्रबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले सहकारी संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत ब्याजदर तोकेको हो ।
सन्दीप कार्की हाल ब्याचलर इन बिजनेस स्टडिज अर्थात बीबीएस अध्ययन गर्दैछन् । उनी र उनका साथीभाईहरुका बीच यो भन्दा पहिले बीबीए अर्थात ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन पढ्ने वारेमा समेत छलफल भएको थियो ।