सेञ्चुरी बैंकको नयाँ शाखा भीमसेनगोलामा |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेवा विस्तार क्रममा काठमाडौंको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंक संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९औं शाखा उद्घाटन गरी सेवा आरम्भ गरेकी हुन् ।
शाखा उद्घाटन कार्यक्रममा बैंक अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनील न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंकको उच्च व्यवस्थापन समूह र स्थानीयबासीहरूको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । भीमसेनगोला शाखा संचालनमा आएपछि उपत्यकाभित्र सेञ्चुरी बैंकको शाखा संख्या २६ पुगेको छ ।
बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरू संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। हालसम्म बैंकको कूल शाखा संख्या १२९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर, २६ शाखारहित बैंकिङ र ११३ वटा एटीएममार्फत बैंकिङ सुविधा दिइरहेको छ ।


