काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक सँघ (इपान)ले विद्युत खरिद बिक्री सम्झौता खुलाउन माग गरेको छ। इपानले नेपाल विद्युत प्रधिकरणलाई पत्र लेख्दै पिपिए खुलाउन माग गरेको हो।
काठमाडौं । खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो । कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ ।
काठमाडौं । कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ । यो कान्छु बोतल जम्मा रु.२५ मा १७५ एमएलको आरजीबी(रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध रहेको छ ।
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ विभिन्न स्थानमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको छ ।
काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र दराजवीच सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका छन् ।