काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं १३ बाट काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १० मा स्थानान्तरण गरेको नेप्से मार्फत जानकारी दिएको हो ।
काठमाडौं । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे एवं भिसा स्विकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वायरिङ विजनेश २०२२ अवार्ड प्राप्त गरेको छ ।
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले मोबाइल बैंकिङबाट गरिने फन्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ । सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा उक्त अफर सार्वजनिक गरेको बैंकले जनाएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपालको एक अग्रणी केबल र कन्डक्टर्स लिटमस ब्रान्डले यस चाडपर्वको शुभ अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शासानदार” स्किम ल्याएको छ । उक्त कम्पनीका उत्पादनहरु क्वालिटीमा नं १ मानिन्छ ।
काठमाडौं । बजाज थ्री ह्वीलर्स, बजाज आरई बीएस६ र बजाज म्याकसीमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । यस अभियानको नाम ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ राखिएको छ ।
काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को सबै सबै तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको सबै तयारी पुरा भएको एक्स्पो व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ ।
काठमाडौं । घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पाटन जेसिससँगको सहकार्यमा डेङ्गु रोग पीडितलाई निशुल्क स्वासथय परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।