लिम्टस केबल्स–वायरिङ दमदार, घर शानदार |
काठमाडौं । नेपालको एक अग्रणी केबल र कन्डक्टर्स लिटमस ब्रान्डले यस चाडपर्वको शुभ अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शासानदार” स्किम ल्याएको छ । उक्त कम्पनीका उत्पादनहरु क्वालिटीमा नं १ मानिन्छ ।
यो योजना अन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ५०,००० लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल जततउकस्ररधधध।ष्तिmगक।अयm।लउरअयलकगmभचकअजझभ मा पठाउनु पर्नेछ ।
कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन् ।
बिजेताले जितेको पुरस्कार घोषित भएको ३ देखि ५ दिन भित्र पाउन सक्नेछन र उक्त पुरस्कारको बितरण नजिकको डिलर रिटेलरबाट गरिनेछ । थप जानकारीको लागि ९८०१९१४४५५/ ९८०१९१२०१७ वा लिटमस केवलको फेसबुकपेज वा भाइबर मा लिटमस केवल्स सर्च गरि सम्पर्क गर्न सकिनेछ ।
यो योजन २० भाद्रदेखि २० कात्तिकसम्म २ महिनाको लागि मान्य हुने छ । सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो । यस कम्पनिले चार दशकदेखि एडभान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्रान्ड नाममा उत्कृष्ट गुणस्तरका तारलहरू उत्पादन गर्दै आएको छ ।
लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समूह, रमेश कर्पोरेशनको संस्था हो । यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ ।


