काठमाडौं । मुथुट फाइनान्सले नेपालको वित्तीय क्षेत्रमा लगानी गर्ने भएको छ । भर्खरै सम्पन्न भएको लगानी सम्मेलनका क्रममा मुथुट ग्रुपका अध्यक्ष एमजे जर्जले र युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीबीच ३९ करोड ९० लाख बराबरको लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।