महालक्ष्मी लाईफको गुल्मीमा बीमा जनचेतना कार्यक्रम |
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स बीमा जागरण अभियान अन्तर्गत चैत २३ गते प्रमुख अधिकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा गुल्मीको तम्घासमा बृहत जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र कर्तव्य तथा जीवन बीमाको फाइदाहरू बारेमा जानकारी गराएका थिए ।
सो कार्यक्रममा नेकपाका नेता हिरा एसी, नेपाली काङग्रेसका महेन्द्र भण्डारी, रेसुङ्गा नगरपालिकाका अखिलेश्वर पाण्डे, उद्धयोग वाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद पाण्डे, नागरिक समाजका अगुवा पदमा प्रसाद पाण्डे, जील्ला युवा समितिका अध्यक्ष राजेन्द्र बिक्रम कुवँर, पत्रकार महासंघका तोपलाल अर्याल र लोक दोहरी प्रतिष्ठानका वैकुण्ठ महतले महालक्ष्मी लाईफको उत्तरोत्तर प्रगति र छिट्टै खोलिने शाखा कार्यालयको सफलताको लागि शुभकामना व्यक्त गरे ।
२५० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन महालक्ष्मी लाईफ इन्स्योरेन्स गुल्मीका प्रमुख श्रीराम महतले गरेका थिए । कार्यक्रममा नयाँ नियुक्त अभिकर्ता र बीमा पोलिसी खरीद गर्ने बीमितहरूलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य र महालक्ष्मी लाईफको बारेमा क्षेत्रिय प्रमुख अर्जुन गिरीले विस्तृत रूपमा प्रकाश पारेका थिए भने ट्रेनर सुभाष केसी ले अभिकर्ता उत्प्रेरणा बारेमा क्लास लिएका थिए ।

