टीसीएल विश्वकै दोश्रो ठूलो ब्राण्ड बन्न सफल |
काठमाडौं । टीसीएल ब्राण्ड विश्वकै दोश्रो ठूलो टीभी ब्राण्ड बन्न सफल भएको कम्पनीले दावी गरेको छ । नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर टीसीएल ब्राण्डलाई आईएचएसबाट प्रमाणीत गरिएको हो । टीसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरिय उत्पादनले प्रख्यात भएको छ ।
छोटो समयमा नै नेपाली बजारमा टीसीएल ब्राण्डले लोकप्रियता हासिल गर्न सफल भएको छ । २० ईन्च देखि ६५ ईन्च सम्मको स्मार्ट र नन्स्मार्ट मोडलहरुमा उपल्ब्ध यस व्राण्डले नेपालमा गुगल एनड्रोइड टीभी पनि भित्राएको छ ।
ग्राहकहरुको उच्च राजाईमा पर्न सफल भएको यस व्राण्डले आफ्ना टीभीहरुमा ३ वर्षको वारेन्टी तथा एसीको कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । नेपालका लािग आधिकारी विक्रेता चौधरी गु्रप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

