काठमाडौं । स्ट्रक्चरल ईञ्जिनियर्स एसोसिएशन नेपाल (सिनेप) को १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जगदम्बा स्टिल्स् तथा रिद्धि सिद्धि सिमेन्ट प्रालिका आनन्द नेपालको आथित्यमा ‘भूकम्पिय प्रतिरोधात्मक संरचनाको गुणस्तरीय निर्माण’ भन्ने मूल नारा सहित उक्त कार्यक्रम सम्पन्न भएकोे थियो ।