नेशनल लाईफ इन्स्योरेन्सद्वारा निːशुल्क विशेषज्ञ स्वास्थ्य शिबिर संचालन |
काठमाडौं । राम प्रसाद खत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने श्री दुर्गा महालिङ्ग माबिको भवनमा २५ र २६ गते दुई दिने निːशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन भै सम्पन्न भएको छ ।
उक्त शिबिरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्राली, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल प्रा।ली बुटवल र हिमाल डेन्टल हस्पिटल प्रालिका चिकित्सक हरुको संयुक्त टोलिले सेवा प्रदान गरेको थियो ।
७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सा तर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखा तर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रिया तर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएकोमा सो मध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दु अप्रेशन, ५३ जनाको दांत हालेको, १०८ जनाको दांत निकालेको बताइएको छ । सो टोलिबाट लगभग २२ लाख बराबरको निːशुल्क औषधी समेत बितरण गरिएको थियो ।

