वित्तीय साक्षरता बढाउन नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र सांग्रिला बैंकको सहकार्य |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चैत २४ गते ईन्स्टिच्यूटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पत्र अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे विस्तृत जानकारी गराईने छ ।
बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाइ एनबिआई मोबाईल एपका बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।
साथै बैंकले यस एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउने बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
यसरी दुई संस्थाहरु एउटै उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सञ्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने बताइएको छ । वित्तीय साक्षरता को सबै आवश्यक सामाग्री सबै माझ लैजान यस कार्यले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुने जनाइएको छ ।
Visited 2 times, 1 visit(s) today


