कामना सेवा विकास बैंक र शिखर इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८१ वटै शाखाहरुबाट सहज रुपमा शिखर इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्वनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र शिखर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए ।

