एनआरएन महासचिव डा केसीद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा |
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का महासचिव डा बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनको नवौं विश्वसम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।