एनआरएन महिला फोरम चीन गठन |
चीनमा रन्जिता आचार्यको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएन) को नौ सदस्यीय महिला फोरम गठन भएको छ । नवगठित फोरममा सविता बर्तौला, रश्मी झा, मनिषा शर्मा, जुना ज्ञवाली, डा। करुणा राई, डा। कृषिता राजलावत, रक्षा संग्रौला र सेरिका सापकोटा कँडेल सदस्य चयन भएको संघका महासचिव सुशील वेल्बासेले जानकारी दिए ।