विराटनगर । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउनेलाई मोरङ प्रहरीले ट्राफिक परीक्षा लिने भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो ।