काठमाडौं । बिहीबार प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत वर्ष ९० प्रतिशत अभियुक्त पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन सफल भएको बताएका छन् ।यो तथ्यांकले प्रहरीको सक्रियतालाई प्रतिविम्बित गर्ने उनको भनाई थियो ।