म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना हराइ रहेका छन् । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए ।
काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पूर्वाञ्चलको इटहरीमा र बीरगंजमा क्षेत्रीयस्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।
काठमाडौं । सरकारले क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापना गर्न ७० प्रतिशत पूँजीगत अनुदान दिने गरी निजी क्षेत्रबाट उद्योग स्थापनाका लागि प्रस्ताव आव्हान गरेको छ ।
काठमाडौं । काठमाडौंको सुन्धारामा सञ्चालित सीटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको छ । मोबाइल हबले चाडपर्वलाई लक्षित गरेर दशैं धमाका अफर सञ्चालनमा ल्याएकाले पनि मोबाइल किन्नेहरूको भीड लागेको हो ।
काठमाडौं । नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गतवर्ष गरेको नाफाका आधारमा २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको हो ।