मेभोक्स हेलमेट नेपाली बजारमा आयो, बजार मूल्य २४ सयदेखि ४८ सय रुपैयाँसम्म |
काठमाडौं । मेभोक्स हेलमेटको नेपाली बजारमा विक्री वितरण शुरु गरिएको छ । केहि दिन अघि मात्रै यो हेलमेट भारतीय बजारमा लन्च गरिएको थियो ।
सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले उपलब्ध गराउने छ ।
फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ४ सयदेखि ४ हजार ८ सय रुपैयाँसम्म पर्छ ।
मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षातको मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ ।
सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा पहिलेदेखि नै दुई पांग्रे सवारी साधनका लागि मिरर, हेडलाइट, क्लच प्लेट, ब्रेक शु, लुब्रिकेन्ट, चेन किटलगायतका पाट्र्स उपलब्ध गराउँदै आएको छ ।



