माछापुच्छ्रे बैंकको कास्कीमा एकै पटक थप ८ शाखारहित बैंकिङ सेवा सञ्चालनमा |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा ८ वटा शाखारहित बैंकिङ सेवा इकाइ खोलेको छ ।
बैंकले मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङमा शाखारहित बैंकिङ सेवा इकाइ खोलेको हो ।
बैंकको ७३ शाखा रहित बैंकिङ सेवा इकाइ पुगेको छ । केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

