बारा र पर्सामा राहत लैजान चाहनेका लागि नेपाल सामान ढुवानी व्यवसायी संघको निːशुल्क ढुवानी व्यवस्था |
काठमाडौं । बारा र पर्साको हावाहुरी पीडितका लागि नेपाल सामान ढुवानी व्यवसायी संघले निːशल्क राहत सामग्री ढुवानी गर्ने घोषणा गरेको छ ।
संघले राजधानी काठमाडौंबाट घटनास्थलसम्म निːशुल्क राहत सामग्री ढुवानी गरिदिने अध्यक्ष श्यामकुमार ढङ्गोलले जानकारी दिए । उनले तराईमा विपतमा परेकाहरुलाई सहयोगका लागि निːशुल्क ढुवानी सेवा उपलब्ध गराएको बताए ।
राहत सामग्री लिएर जान चाहने जोसुकैले संघको गाडीमार्फत निːशुल्क रुपमा बारा पर्साका जुनसुकै घटनास्थलमा राहत सामग्री लैजान सक्नेछन्।् । राहत सामग्री लैजानका लागि संघका केही गाडी तयारी अवस्थामा राखेको ढङ्गोलले प्रष्ट पारे ।
काठमाडौंबाट राहत सामग्री लैजानका लागि नेपाल सामान ढुवानी व्यवसायी संघ सानो भर्याङ र काठमाडौं सामान ढुवानी व्यवसायी संघ ठुलो भर्याङमा सम्पर्क राख्न सकिने छ । संघले यसैगरी वीरगंजबाटै लैजानका लागि वीरगंज ट्रान्सपोर्ट एशोसियनसन आदेशनगर वीरगंजमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

