बैंक अफ काठमाण्डुको शेयर रजिष्ट्रारमा बीओके क्यापिटल नियुक्त |
काठमाडौं । बैंक अफ काठमाण्डुले शेयर रजिष्ट्रारमा बैंकको सहायक कम्पनी बीओके क्यापिटल चयन भएको छ । बैंकको शेयरसम्बन्धी सम्पूर्ण शेयर रजिष्ट्रारको काम वैशाख २ गतेबाट बीओके क्यापिटलले गर्ने भएको छ ।
यसअघि शेयर रजिष्ट्रारको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्दै आएको थियो । बैंकको शेयर रजिष्ट्रारसम्बन्धी कार्यलगायत अन्य हिसाब मिलानको लागि चैत २४ गतेदेखि ३० गतेसम्म नबिल इन्भेष्टमेण्ट बैंकिङ बन्द रहने भएको छ ।

