युनाइटेड सिमेन्टसको आयोजनामा एक दिने निːशुल्क स्वास्थ्य शिविर, ५५० जना लाभान्वित |
काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रालि र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निːशुल्क स्वास्थ शिविर आयोजना गरिएको छ । टायल घरस्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो ।
स्वास्थ उपचारबाट कोही पनि नागरिक बञ्चित हुन नपरोस भन्ने धेयका साथ कार्यक्रम आयोजना गरेको यूनाइटेड सिमेन्ट्सले जनाएको छ ।
शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उपप्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष साइला राई तथा विभिन्न राजनितिक पार्टीका प्रतिनीधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।
धुनिवेशी नगरपालिका अन्तर्गत विभिन्न ठाउँबाट लगभग ५ सय ५० भन्दा बढि नागरिक यो शिविरबाट लाभान्वित भएका छन् । शिविरमा मुख्य रुपमा आँखा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो ।

