युनाइटेड सिमेन्ट्सलाई आईएसओ उपाधि |
काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको युनाइटेड सिमेन्ट्सले इन्टरनेश्नल सर्टिफाइट सर्भिस प्रालि (आइसीएस) बाट आईएसओ ९००१ː२०१५ तथा क्वालिटी म्यानेजमेन्ट र आईएसओ १४००ː२०१५ वातावरणिय व्यवस्थापनको प्रमाणपत्र प्राप्त गरेको छ ।
अन्तरराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको तथा वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको भनेर सो प्रमाणपत्र प्राप्त गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।
केएल दुगड समुहको उक्त उत्पादन बेजोड गुणस्तरको क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको सिमेन्ट्सको आफ्नै चुनढुङ्गा खानी ललितपूरको लेलेमा अवस्थित छ भने फ्याक्ट्री नौबिसेमा अवस्थित रहेको छ ।
युनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पूरा गरि गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जानकारी दिएको छ ।
क्वालिटीमा कुनै सम्झौता नगरि सिमेन्ट विक्री वितरण गर्दै आएको यूनाइटेड सिमेन्ट्स आफ्नो गुणस्तरको कारण जनमानसमा लोकप्रिय बनेको रहेको कम्पनीको दाबी छ ।
Visited 4 times, 1 visit(s) today


