बुटवल । प्रहरीले बुटवलबाट २५ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश ५ दाङबाट खटिएको प्रहरीको बिशेष टोली र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरीको टोलीले बुटवल उपमहानगरपालिका−९ इँटा भट्टीबाट शनिबार राति १० बजे उनीहरूलाई पक्राउ गरेको हो ।