माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’ सार्वजनिक |
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ । यस योजना अन्र्तगत खाता खाल्नेलाई बैंकले नै एक सय रुपैयाँ खातामा जम्मा गरि दिनेछ ।
कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता नभएका व्यक्तिहरुले मात्रै यस योजनाले समेट्ने बैंकले जानकारी दिएको छ ।
यस योजना अन्तर्गत निक्षेपमा ५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिनेछ ।
बैंकको देशभर रहेका जुनसुकै शाखा तथा ग्राहक सेवा केन्द्र मार्फत उक्त योजना अन्र्तगत खाता खोल्न सकिने व्यवस्था रहेको छ ।
बैकको ९९ शाखा, ८३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १८२ स्थानवाट ग्राहकहरुलाई बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।


