काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाठ्यक्रममा शेयरको विषयलाई समेट्नका निम्ति पहल शुरु गरेको छ । वित्तीय रुपमा साक्षर नभई धितोपत्र बजारमा गरिएको लगानी जोखिमपूर्ण हुने भएकोले पाठ्यक्रममा नै राख्ने गरी छलफल अगाडी बढाएको बोर्डले भनाई छ ।
काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) को आधिकारिक बितरक, पारामाउन्ट मोर्टसले एमजी कार प्रेमीहरुका लागि यहि २०७५ मंसिर २१ गतेदेखि मंगसिर २३ गतेसम्म नेपाल अधिराज्यभर ʽएमजी एक्सचेन्ज अफरʼ शुरु गरेको छ ।
काठमाडौं । अशोक लेलैन्डको शाखा पोखराको चउथेमा संचालनमा आएको छ । यहाँबाट अशोक लेलैण्ड गाडीका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने छ । अशोक लेलैन्ड गाडिको नेपालको लागि आधिकारिक बितरक आइएमई गु्रप अन्तर्गतको आइएमई मोटर्सले गर्दै आएको छ ।
काठमाडौं । सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्ने भएको छ । यातायात समितिहरुको विघटन गरिए पछि सरकारले यातायात क्षेत्रको भरपर्दो व्यवस्थापनका लागि भन्दै प्राधिकरण गठन गर्न लागेको हो ।
काठमाडौं । अझै दुई लाखभन्दा बढि सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जानकारी दिएको छ ।