काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२औं वार्षिक साधारणसभा माघ ७ गते बस्ने भएको छ । बैंकले सोही प्रयोजनका लागि पुस २९ देखि माघ ७ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।
काठमाडौं । आजदेखि शेयर कारोबार अनलाइनबाटै हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले अनलाइन शेयर कारोबारका लागि आवश्यक सबै प्राविधिक तयारी सम्पन्न गरेर आजबाटै अनलाइन शेयर कारोबार शुरू गर्न लागेको हो ।
दाङ । प्रदेश नं ५ का संघीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति नबनेसम्म बालविवाहको न्यूनीकरण नहुने बताएका छन् ।
काठमाडौं । सिंहदरबारमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला भएका छन् । नेपालमा नयाँ संविधान बनेर संघीयता लागू भएपछि आज पहिलो पटक बस्न लागेको अन्तर प्रदेश परिषद्को बैठकमा भाग लिन उनीहरू सिंहदरबारमा आएका हुन् ।
काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा गरी ३२ वटा ट्याक्सी कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक महाशाखाले ती ट्याक्सीलाई हिजो शुक्रवार कारबाही गरेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै त्यहाँका सर्वसाधारणहरूलाई वित्तीय पहुँचमा ल्याउन शाखा कार्यालयका साथै शाखारहित बैंकिङ सेवा थप्दै जाने अभियानलाई जारी नै राखेको छ ।
काठमाडौं । सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाउने भएको छ । यसको जिम्मा शहरी विकास मन्त्रालयलाई दिइएको छ । १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने जिम्मा दिएको हो ।