पोखराको लेकसाइडमा ‘औरा बार एण्ड लाउन्ज’, दश करोडको लागत |
काठमाडौं । पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा आउने भएको छ । अत्याधुनीक प्रविधि सहित औरा बार एण्ड लाउन्ज बैशाख दोस्रो साता सञ्चालनमा आउन लागेको हो ।
विदेशी विभिन्न अर्वाडबाट सम्मानीत भएको माउन्ट कैलाश रिर्सोट सगँको नयाँ भवनमा बार सञ्चालनमा आउन लागेको हो । ‘बैशाख १३ गतेबाट सफ्ट् ओपनीङ हुन्छ,’ लाउन्जका सञ्चालक नरेश भट्टराईले भने, ‘ग्रान्ड ओपनीङ बैशाखको अन्तिम शुक्रबार हुने छ ।’ स्वदेशी तथा विदेशी पर्यटक र युवा पुस्तालाई लक्ष्त गरि बार सञ्चालनमा ल्याउन लागेको उनले बताए ।
१० करोड भन्दा बढिको लगानी रहेको लाउन्ज पोखराको पहिलो पुर्ण रुपमा साउण्ड प्रुफ बार हो । १ सय जना सिट क्षेमताको लाउन्जमा हरेक दिन लाइभ ब्राण्ड र लेट नाइट सम्म डिजेको प्रस्तुती हुनेछ । विभिन्न समयमा विदेशी कलाकार र डिजेलको समेत प्रस्तुती हने भट्टराईले बताए ।


