काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । प्रति शेयर एक सय रुपैयाँ अंकित दरले सस्थाले आइपीओ जारी गर्नेछ । जसका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । जनता बैंकका खातावालाले भीसा कार्डमार्फत नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्ने भएका छन् ।
काठमाडौं । सीटीसी मल सुन्धारामा रहेको सीटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने भएको छ । मेलामा ग्याजेट पारखीहरुको उल्लेखनीय सहभागिता बढेपछि मेला अवधि पुष १० गते क्रिसमससम्म थप गरिएको आयोजकले जानकारी दिएका छन् ।
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले एकै दिन चार शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो ।
काठमाडौं । केएल दुगड गु्रपअन्तर्गतको युनाइटेड सिमेन्ट्स प्रालिले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरि जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । पछिल्लो समय आम नेपालीको बैकिङ पहुँच बढ्दै भएको छ । चालु आवको कार्तिक मसान्तसम्म दुई करोड ४३ लाख ५१ हजार चार सय ८५ जना नेपालीले विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता सञ्चालन गरेका छन् ।
काठमाडौं । बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । नेपाल एयरलाइन्सको कार्यालयमै पुगेर टिकट काट्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अबदेखि नेपाल एयरलाइन्सका यात्रुहरूले घरमै बसेर टिकट बुकिङ गर्न पाउने भएका छन् ।