काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले रिडीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रिडी बजारमा खोलेको नयाँ शाखासँगै बाणिज्य बैंकको शाखा संख्या २ सय १० पुगेको छ । रिडी शाखाको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेका छन् ।
‘बिग बोस १२’को उपाधि दीपिका कक्कडले जितेकी छिन् । आइतबार बेलुकी कार्यक्रमका संचालक सलमान खानले दीपिकाको नाम घोषणा गर्दै गर्दा फ्यानले खुशी जनाएका छन् । अन्तिम प्रतिस्पर्धामा श्रीसंथ र दिपक उनको प्रतिस्पर्धामा थिए ।
काठमाडौं । इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रालय मातहतका दुई महाशाखाका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन्। । उनले बजेट र राजश्व ब्यवस्थावपन महाशाखाका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
काठमाडौ । नेपाल वायुसेवा निगमभित्र मापसे परीक्षण अनिवार्य गरिएको छ । फेसबुक स्टाटसमार्फत निगमका नवनियुक्त प्रवक्ता वरिष्ठ क्याप्टेन विजय लामाले मापसे परीक्षण भइरहेको जानकारी दिएका छन्।
काठमाडौं । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबरलगायतका सामाजिक सञ्जालमा तपाईंलाई आकर्षक उपहार परेको तथा महत्वपूर्ण पार्सल आएको सूचना आएको छ भने होसियार रहनुस् ।