काठमाडौं । सरकारले जलविद्युत क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । यस क्षेत्रलाई समृद्धिको सम्वाहक बनाएर बजेट विनियोजन गरेको छ । सरकारले माथिल्लो तामाकोशी र रसुवागढी लगायत जलविद्युत आयोजनाको निर्माणमा तीव्रता दिने भएको छ । यसबाट न्यूनतम १ हजार मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।
काठमाडौं । विदेश जाने नेपालीको संख्या आधा भन्दा बढीले घटेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा यो वर्षको फागुनसम्म एक लाख ४२ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका छन् ।
बार्सिलोना । स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बैकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु केसी र सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका थिए ।
काठमाडौं । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६∕७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।