सरकारले पेट्रोल–डिजेलमा थप्यो कर |
काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको छ । सडकका सुधारका लागि सरकारले पेट्रोलमा थप एक रुपैयाँ शुल्क थप्ने घोषणा गरेको हो ।
यसबाट जम्मा हुने रकम अब सडक सुधारमा खर्च गरिनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६∕७७को बजेटमा यस्तो घोषणा भएको हो ।



