सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैकासुरेन्स सम्झौता |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दाबी भुक्तानीलगायतका बीमा सेवा लिन सक्नेछन् ।



