गोल्डेन ओक एक वर्षमै १० लाख कार्टुन विक्री, गुणस्तरीय उत्पादनलाई उपभोक्ताले मन पराए |
काठमाडौं । हिमालयन डिष्टिलरीको गोल्डेन ओक एक वर्षमा १० लाख कार्टुन विक्री गरेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । गुणस्तरीय उत्पादन भएकै कारण उपभोक्ताको पहिलो रोजाईमा परेर रेकर्ड कायम गर्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
यो कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको हो । ‘गोल्डेन ओकको उत्पादन प्रक्रियालाई अति सुक्ष्म तरिकाबाट पूर्णता दिइन्छ । उच्चस्तरीय कच्चा पदार्थहरुको मिश्रणका साथ अग्राखका ठेकीहरुमा परिपक्व गरेर बनाइने यो ब्राण्डमा स्वादको असलपनाको मिठास लुकेको पाइन्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
४० युपीको यो मदिरा उपभोक्ताले सहजै ग्रहण गर्न सक्ने कम्पनीले दाबी गरेको छ । जावालाखेल ग्रुपका प्रवन्ध निर्देशक राजबहादुर शाहले अन्तरराष्ट्रिय स्तरकै उत्पादन भएकाले १० लाख कार्टुन गोल्डेन ओक विक्री भएको बताए । यो समूहले स्वदेशी र विदेशी ब्राण्डका मदिरा र वियर उत्पादन गर्दै आएको छ ।
Visited 1 times, 1 visit(s) today


