ज्योति लाईफ इन्स्योरेन्सको माया मेट्रो र चितवन मेडिकल कलेजसँग सम्झौता |
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले धनगढी कैलाली स्थित माया मेट्रो अस्पताल र भरतपुर – १०, चितवन स्थित चितवन मेडिकल कलेज संग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा छुट्टा छुट्टै सम्झौता सम्पन्न गरेको छ ।
सम्झौता पश्चात कम्पनीसंग आवद्ध चितवन तथा धनगढी लगायत आसपास क्षेत्रका महानुभावहरु लाभान्वित हुने कम्पनीले जानकारी दिएको छ । उक्त अलग अलग सम्झौताहरुमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र माया मेट्रो अस्पतालको तर्फबाट मेडिकल डाईरेक्टर डा. मोहन साउदले हस्ताक्षर गरेका थिए । त्यस्तै चितवन मेडिकल कलेजको तर्फबाट मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गरेका थिए ।
Visited 1 times, 1 visit(s) today


