नेपाल क्लाइम्बिङ्ग स्र्पोट एसोसिएसनको पाचौँ साधारणसभा सम्पन्न, अध्यक्षमा हरि धरेल निर्वाचित |
काठमाडौं । नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको पाचौँ वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ । शाहसिक तथा पर्यटकीय खेल प्रवद्र्धन गर्ने मुल नाराका साथ स्थापित यस सस्थाले विगत ९ वर्ष देखि नेपाली खेलकुदको क्षेत्रमा क्रियाशील रही आएको छ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघिय संसद सदस्य जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रमलाई नेकपाका केन्द्रिय सदस्य सूर्य थापा, नेपालका लागि ग्रीसका महा बाणिज्य दुत बिक्रम पांडे, नेपालका लागि बेल्जीयमका बाणिज्य दुत आङ्ग छिरिङ्ग शेर्पा तथा पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले सम्बोधन गरेका थिए ।
साथै, विश्व वाताबरण दिवसका अवसरमा संघद्वारा दिगो पर्यटनका लागि प्राकृतिक तथा शाहसिक खेल विषयक अन्तरक्रिया समेत गरिएको थियो ।
पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले खेलकुद पर्यटन सम्बन्धि विषय वस्तु बारे प्रस्तुति गरेका थिए । त्यस्तै सूर्य थापा, आङ्ग छिरिङ्ग शेर्पा, बिक्रम पाण्डे र जीवनराम श्रेष्ठले “नेपाल शाहसिक तथा पर्यटकीय खेलकुदको प्रचुर सम्भावना भएको राष्ट्र हो, पर्यटन प्रवर्धन गर्न स्पोर्ट क्लाइम्बिङ्गले महत्वपूर्ण योगदान पुर्याउने छ, साथै यो ओलम्पिक खेल भएको हुँदा यस संघलाई सधै साथ, सहयोग र समर्थन रहने छ” भन्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष हरि धरेलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष प्रेम नारायण अधिकारिले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मतले पारित गरियो । त्यसै गरी आगामी चार वर्षे कार्ययोजना पारित गर्दै देहाय अनुसारको पदाधिकारी निर्विरोध चयन गरियो ।
अध्यक्ष — हरि धरेल
उपाध्यक्ष — सुनार गुरुङ
उपाध्यक्ष — समपन्न याकथुम्बा
उपाध्यक्ष — प्रेम नारायण अधिकारी
महासचिव — मेघराज पौड्याल
सचिव— ठाकुर न्यौपाने
कोषाध्यक्ष — दोरिन्द्र राज दाहाल
सदस्य — दिपेश केसी
सदस्य— लाक्पा शेर्पा
सदस्य— सन्तोष मादेन
सदस्य — केशव सापकोटा
सदस्य — चारु श्रेष्ठ
सदस्य — अन्जु रावत
सदस्य— सुजित कंडेल
सदस्य— हरेराम खड्का
सदस्य— तुल्सिङ्ग गुरुङ
Visited 2 times, 1 visit(s) today


