काठमाडौं । मिडिया स्पेस सोलुसन्स र फ्यूचर्स ट्रेड फिअर एण्ड इभेन्टको संयुक्त आयोजनामा काठमाडौंमा ‘पाचौं नेपाल काष्ठ अन्तरराष्ट्रिय प्रदर्शनी २०१९’ आगामी फागुन ३ गतेदेखि शुरू हुने भएको छ ।
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको नाफामा ६९.८५ प्रतिशतले बढोत्तरी देखिएको छ । गत वर्ष एक करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
काठमाडौ । गुराँस माइक्रोफाइनान्स वित्तीय संस्थाले दोस्रो त्रैमासमा खुद मु्नाफामा ४० लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तको ३५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटी बुझाएर छुटेका छन् । उनी विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
काठमाडौं । नेपाल उद्योग परिसंघ, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपले संयुक्त रूपमा आयोजना गर्ने ‘नेपाल उद्यमशीलता सम्मेलन २०१९’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौं । नेपाली जुत्ता घरले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ योजना सार्वजनिक गरेको छ । उक्त जुत्ताघरले ६ महिनाको वारेण्टीसहित फागुन महिनामा ५० प्रतिशतसम्म छुटको अफर ल्याएको बताएको छ ।