काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रीबी जलविद्युत आयोजनाको शिलान्यास भएको छ । उक्त आयोजनाको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आइतबार शिलान्यास गरेका हुन ।