महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशतमै दिन थाल्यो घर र शिक्षा कर्जा | पहिलो ५ वर्षसम्म ब्याज मात्र तिरे पुग्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ सुविधा ल्याएको छ । बैंकले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जा जम्मा १२.९९ प्रतिशत ब्याजदरमै उपलब्ध गराउने सुविधा ल्याएको हो ।


