काठमाडौं । नबिल बैंकको हिरो अफ नेपाल सिरिजमा निर्मल पूर्जा छानिएका छन् । पूर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कामय गरेका थिए । त्यसैले उनलाई बैंकले हिरो उपाधी दिएको हो । यो सँगै प्रोत्साहनस्वरुप उनलाई ७ लाख रुपैयाँ समेत प्रादन गरिएको छ ।