काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।
काठमाडौं । स्टेम फाउन्डेसन नेपालले प्रदेशस्तरमा डिजिटल सेमिनार गर्ने भएको छ । विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाडबारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिताका लागि दायरा बढाउने अभियान अन्तर्गत कार्यक्रम गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका छन् ।
काठमाडौं । गत आर्थिक वर्ष (आव) मा दोस्रो बजारमा १ खर्ब १० रुपैयाँ बराबरका सेयर थपिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आर्थिक वर्ष २०७६∕७७ मा १ सय ३६ वटा स्क्रिपका ९९ अर्ब ८४ करोड ३३ लाख कित्ता बराबरको स्टक सूचीकृत भएका हुन् ।
काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ ।
काठमाडौं । आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तिजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ । साउन २३ गतेबाट सुरु भएको यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई भदौं ६ गतेसम्ममा अपलोड गरिसक्नु पर्नेछ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन अगाडि बढाउन अनुरोध गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन् ।