शनिबार थप ३७८ जना कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६२ जना |
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका छन् ।
यस्तै पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७/७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको छ ।
रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात हजार ७८८ पिसिआर परीक्षण भएकामा ३७८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ६ हजार २०६ जना आइसोलेशनमा छन् । देशरभ क्वारेन्टिनमा रहेकाको सङ्ख्या १० हजार ७९२ रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ४९९ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्कनेको ङ्ख्या १६ हजार ३१३ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।


