काठमाडौं । असोज ५ गतेदेखि आन्तरिक हवाई उडान शुरु हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
काठमाडौं । सौर्य एयरलाइन्सले काेराेना महामारीकै क्रममा एउटा जहाज थपेको छ। गएको छ वर्षदेखि सञ्चालनमा रहेको एयरलाइन्समा भारतको कुबेर ग्रुप भित्रिएपछि जहाज थपेर उडान सुरु गर्ने भएको छ ।
काठमाडौं । कोरोना कहरका बीचमा पनि गरिमा विकास बैंकले बिहीबार एकै दिन आधा दर्जन नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी देशका विभिन्न स्थानमा ६ वटा शाखा कार्यालय स्थापना गरेको हो ।
काठमाडौं । एनआइसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहकहरूको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको छ ।
काठमाडौं । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल चौधरी ग्रुपले विभिन्न बहुराष्ट्रिय ब्राण्डको बिक्री वितरण गर्दै आइरहेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ मात्रै कोरोना संक्रमित थपिएका छन् । काठमाडौमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० नयाँ संक्रमित थपिएका छन् ।