काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।
धनुषा । भारतको जयनगरबाट नेपालका लागि हिडेको नेपाली रेलगाडी जनकपुर आइपुगेको छ । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ई–कमर्श लगायतका कारोबार बापत अनलाईन वित्तीय सेवा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने गरी नयाँ व्यवस्था गरेको छ ।
काठमाडौं । इजाजतप्राप्त नयाँ निर्जीवन बीमा कम्पनीमध्ये दोस्रो आईपीओ जनरल इन्स्योरेन्सले ल्याउने भएको छ । सो कम्पनीले आफ्नो ७० करोडको जारी पुँजीलाई १ अर्बको चुक्ता पुँजी बराबर पुर्याउन असोज ११ गतेदेखि ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने जनाएको हो ।
काठमाडौं । भारतको जयनगरबाट नेपालका लागि हिंडेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् ।
लण्डन । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले गर्दा थुप्रैका आँशुका थोपा परदेशकै माटोमा सिंचिन बाध्य भएका छन् । यस्तै विदेशीको पीडा पोखिएको एउटा मार्मिक र यथार्थप्रक घटनामा आधारित लघु चलचित्र (सर्ट मूभि) ‘शून्य’ बेलायतमा निर्माण भएको छ ।
रूसले भारतीय कम्पनीलाई कोरोनाविरूद्धको १० करोड डोज भ्याक्सिन दिने भएको छ । रूसको सार्वभौम धन कोषले भारतको डा. रेड्डीज ल्याब्रोटरिज कम्पनीलाई स्पुतनिक–भी नामक भ्याक्सिनको १० करोड डोज दिन सहमत भएको हो ।
काठमाडौं । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले सार्क राष्ट्रको आर्थिक जनजिवन माथि उकास्न सबै देशहरु मिलेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं अनौपचारिक बैठकमा बोल्दै उनले उक्त कुराको जानकारी दिएका हुन् ।
काठमाडौं । सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ । आफ्ना उत्पादनहरुले ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन, यस अफर ल्याएको सामसङले बताएको छ ।