कोरोना कहरका बीचमा पनि गरिमा शाखा विस्तारमा, एकै दिन खोल्यो उपत्यकासहित देशभर ६ नयाँ शाखा |
काठमाडौं । कोरोना कहरका बीचमा पनि गरिमा विकास बैंकले बिहीबार एकै दिन आधा दर्जन नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी देशका विभिन्न स्थानमा ६ वटा शाखा कार्यालय स्थापना गरेको हो ।
बैंकले उपत्यकाबाहिर नवलपुरको गैंडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यकाभित्र काठमाडौंको ढुंगेधारा तथा ललितपुरको इमाडोलमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
यस सँगै गरिमा विकास बैंकका शाखा काठमाडौं उपत्यकाभित्र मात्रै १३ वटा पुगेका छन्। देशभर सबै प्रदेशमा गरि बैंकका ९७ वटा शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्ट छन् । पश्चिमबाट उदाएको गरिमा विकास बैंकको अहिले लाजिम्पाट, काठमाडौंमा प्रधान कार्यालय छ ।


