काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा ३०० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको अगुवाइमा आइतबारदेखि आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।
काठमाडौं । पछिल्लो १३ महिनामा ५७७ भेन्टिलेटर र ४०० इन्टेन्सिभ केयर युनिट (आईसीयू) बेड थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या ९०४ पुगेको छ भने आईसीयू बेडको संख्या ३ हजार पुगेको छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले यसको विकल्पका विषयमा छलफल भइरहेको बताए ।
काठमाडौं । अमेरिकाबाट कोरोना खोप ल्याउने सम्बन्धमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र अमेरिकी विदेश मन्त्रालयको उप–सहायक मन्त्री राउरा स्टोनबीच कुराकानी भएको छ ।
काठमाडौं । हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । उनी शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी थिइन् ।