१३ महिनामा ५७७ भेन्टिलेटर र ४०० आईसीयू बेड थपिए |
काठमाडौं । पछिल्लो १३ महिनामा ५७७ भेन्टिलेटर र ४०० इन्टेन्सिभ केयर युनिट (आईसीयू) बेड थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या ९०४ पुगेको छ भने आईसीयू बेडको संख्या ३ हजार पुगेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए अनुसार १८० भेन्टिलेटर र ६३० बेड आईसीयू थप्ने प्रक्रिया सुरु भइरहेको छ ।
आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने संक्रमितको संख्या दैनिक तीव्र रुपले बढेपछि भेन्टिलेटर र आईसीयू बेड थप गर्ने प्रक्रिया थालेको उनले बताए । हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड संख्या सरकारी अस्पतालहरुमा २ हजार ७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको र १ हजार ४०० एचडीयू बेड थप गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए ।
कोभिड–१९ का बिरामीहरुको उपचारका लागि देशभरका सरकारी तथा निजी गरी १५७ अस्पताल सूचीकृत गरी सञ्चालनमा रहेको उनले बताए, जसमध्ये निजी क्षेत्रका ४५ अस्पतालहरुसँग सम्झौता गरी कोभिड–१९ का बिरामीहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।
अस्पतालहरुमा ३२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेको र १९ वटा प्लान्ट थप गर्ने चरणमा रहेको उनले बताए । तीन वटा लिक्विइड अक्जिसन ट्यांक रहेकोमा १७ वटा पु¥याउने प्रक्रिया थालेको समेत मन्त्री त्रिपाठीले बताए ।
लिक्विड अक्सिजन ट्यांक संख्या तीन वटा रहेकोमा यसको संख्या २७ पुर्यााउने प्रक्रिया अघि बढेको जनाइएको छ । वैशाखयता ९०० अक्सिजन कन्सट्रेटर थप गरिएको छ । पछिल्लो समयमा ५ हजार थान अक्सिजन सिलिण्डर थप गरिएको छ ।



