काठमाडौं । बिहीबार नेप्से सूचक १३.०४ अंकले बढेर २७८२.१७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.४३ अंकले बढेको छ। यस साता मात्रै नेप्से सूचक २२५.१७ विन्दुले बढेको छ।
काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने गरी भाटभटेनी सुपरमार्केटले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु गरेको हो।
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।
काठमाडौं । “धन्यवाद” थिमको दशैँ अभियानको एक हिस्साको रुपमा कोका–कोलाले कोभिड–१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैर–सरकारी संस्था जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ ।
काठमाडौं । आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागु हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी दिएको हो ।